इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य तत्काल रोक्न सर्वोच्चको आदेश



फाइल

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

भरत बस्नेतले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदातलका प्रधानन्यायाधिश गोपाल पराजुलीको एकल ईजलासले सो अन्तरिम आदेश दिएको हो ।

देश संघियतामा गएपनि सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य शुरु गरेको भन्दै उनले सरकारको सो निर्णय विरुद्धमा रिट दायर गरेका थिए ।

यसअघि पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने विषय पटक पटक विवादमा तानिँदै आएको छ ।


क्लिकमान्डु