अब केन्द्रीय सरकारमा १८ मन्त्रालय हुने



काठमाडौं । केन्द्र सरकारमा अबदेखि १८ मन्त्रालय हुने भएको छ ।

मन्त्रीपरिषद्को बैठकले १८ वटा मन्त्रालयले बनाउने निर्णय गरेको छ ।
प्रशासन सुधार आयोगले १५ वटा मन्त्रालय बनाउन सुझाव दिएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको अन्तिम सिफारिसमा १८ वटा मन्त्रालय बनाइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले १८ वटा मन्त्रालयले बनाउने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहाकारमा मन्त्री सरहको सुविधा पाउने गरेर बिष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु