एक सुन्दरीको ट्वीटले १ खर्ब ७० अर्ब रुपैयाँ चैट !



सेयर बजार अत्याधिक संवेदनशील मानिन्छ । पछिल्लो लोकप्रिय बन्दै गएका सामाजिक संजालको प्रभावपनि सेयर बजारमा पर्छ ।

अमेरिकामा रियालटी कार्यक्रमको स्टार काइली जेनरको ट्वीइटले अर्का सोसल नेटवर्किङ साइट स्यानचाटका लगानीकर्ताले १ खर्ब ७० अर्ब रुपैयाँ डुबाएका छन् ।

सिएनबिसीका अनुसार काइलीको ट्वीइटपछि कम्पनीको बजार पुँजीकरण १ अर्ब ७० करोड अमेरिकी डलरले घटेको छ ।

ट्वीइटरमा काइलीले आफुले स्नापचाट खोल्न बन्द गरेको र के अरुले पनि गरेका छन् ? भनेर ट्वीट गरेकी थिइन् ।

काइलीको ट्वीटपछि अमेरिका सेयर बजारमा स्नापचाटको मुल्यमा भूकम्पनै आएजस्तो भयो । यसको सेयर मुल्य ८ प्रतिशतले घट्यो जसको कारण बजार पुँजीकरण १ अर्ब ७० करोड अमेरिकी डलरले कमी आयो ।

अर्थात लगानीकर्ताले एउटा ट्वीटको आधारमा १ अर्ब ७० करोड अमेरिकी डलरको सम्पत्ती गुमाए ।

स्नापचाटले नयाँ डिजाइन ल्याएको छ । अघिल्लो वर्ष नै यसको सिइओ इवान स्पीगेलले प्रयोगकर्ता मैत्री बनाउनको लागि यसको डिजाइनमा परिवर्तन गर्ने घोषणा गरेका थिए ।

डिजाइन परिवर्तनलाई स्नापचाटका प्रयोगकर्ताले रुचाएनन् । काइलीको ट्वीटसँगै कम्पनीलाई करोडौ डलरको नोक्सान भयो ।

ट्वीइटरमा काइलीका २ करोड ४५ लाख फ्लोअर्स छन् । जसले एउटै ट्वीटको भरमा कम्पनीले करोडौ डलर गुमायो ।


क्लिकमान्डु