सिद्धबाबाको पहिरोबाट यात्रु जोगाउन ढुङ्गाको छानो बनाइने



काठमाडौं । बुलवट–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा प्रशिद्ध धार्मिक स्थल हो । प्रशिद्ध धार्मिक स्थल भएकाले लाखौंका संख्यामा भक्तजनहरु बार्षिक रुपमा सिद्धबाबाको दर्शन गर्न जाने गरेका छन् । सो सडक खण्ड भएर यात्रा गर्नु युद्धमा होमिनु जतिकै चुनौती पूर्ण छ ।

सिद्धबाबा पुग्ने हरेक यात्रु कुन समय पहाडबाट ढुङ्गा खस्ने हो भन्ने त्रासदीपूर्ण यात्रा गर्न बाध्य छन् । सिद्धबाबाको पहिरोको चपेटमा परेर विगत ६ बर्षमा २ दर्जनभन्दा धेरैले ज्यान गुमाई सकेका छन् ।

सिद्धबाबाको पहिरोबाट यात्रु जोगाउनका लागि सरकारले तयारी सुरु गरेको छ । सरकारले ‘रक सेड’ (डुङगाको छानो) प्रविधिबाट यात्रु जोगाउने प्रक्रिया अगाडि बढाएको हो ।

विगत केहि बर्षदेखि सिद्धबाबाको पहिरोले निकै दुःख दिईरहेको छ, सो पहिरो नियन्त्रणका लागि जापान सरकारले सहयोग गर्ने मौखिक प्रतिवद्धता जाहेर गरेको छ

सिद्धबाबाको पहिरोबाट यात्रुलाई सुरक्षित यात्रा गराउने वातावरण निर्माणका लागि रक सेड प्रविधि प्रयोग गर्न लागिएको सडक विभाग वैदेशिक समन्वय महाशाखाका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

‘विगत केहि बर्षदेखि सिद्धबाबाको पहिरोले निकै दुःख दिईरहेको छ, सो पहिरो नियन्त्रणका लागि जापान सरकारले सहयोग गर्ने मौखिक प्रतिवद्धता जाहेर गरेको छ,’ उप–महानिर्देशक श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

सिद्धबाबाको पहिरो नियन्त्रणका लागि सडक विभाग र जापानी अधिकारीहरुबीच गत माघमा छलफल भएकोे थियो । सो समयमा जापानी अधिकारीहरुले सहयोगका गर्ने प्रतिबद्धता जाहेर गरेको श्रेष्ठले बताए ।

यस्तै दुःख दिने पहाड पृश्वी राजमार्गमा पर्ने कृष्ण भिर थियो । कृष्ण भिर माटो    र ढुङगाको सम्मिश्रणबाट निर्मित पहाड हो । कृष्ण  भिरको पहिरोलाई वायोलोजिकल र सिभिलि इन्जिनियरिङको फ्युजनबाट नियन्त्रण गरिएको थियो ।

‘जापानी अधिकारीहरु सकारात्मक देखिएकाले हामी लिखित प्रस्ताव प्रेस गर्ने तयारीमा जुटिसकेका छौं,’ श्रेष्ठले भने ।

सिद्धबाबा पहिरो नियन्त्रका लागि सरकारी स्थरबाट पटक पटक प्रयास भएका छन् । ठाडो चट्टाने भिरबाट सुक्खा पहिरो खस्ने गरेकाले सरकारको सम्पूर्ण प्रयास विफल हुँदै आएका छन् । सरकारले सिद्धबाबाको पहिरोलाई रोकन नसिकने देखिएपछि पहिरोबाट हुने मानविय क्षतिलाई कम गर्नका लागि रक सेड प्रविधि अपनाउन लागेको हो ।

यस्तै दुःख दिने पहाड पृश्वी राजमार्गमा पर्ने कृष्ण भिर थियो । कृष्ण भिर माटो    र ढुङगाको सम्मिश्रणबाट निर्मित पहाड हो । कृष्ण  भिरको पहिरोलाई वायोलोजिकल र सिभिलि इन्जिनियरिङको फ्युजनबाट नियन्त्रण गरिएको थियो ।

माटो भएको स्थानमा बायोलोजिकल र चट्टान भएको स्थानमा सिभिल इन्जिनियरिङको प्रयोग गरी पहिरो नियन्त्रण गरिएको सडक विभाग पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य बताउँछन् ।

तर सिद्धबाबा पहाड चट्टानको भएकाले सो प्रविधि यसमा उपयुक्त नहुने सरकारी निष्कर्श छ ।

‘विकशित मुलुकहरुले चट्टानी पहाडको पहिरोबाट मानविय क्षति न्युनिकरण गर्नका निम्ती रक सेड प्रविधि प्रयोग गर्ने गरेका छन्, सिद्धबाबा पनि चट्टानी पहाड भएकाले सो प्रविधि सफल हुनेमा आशावादी छौं,’ श्रेष्ठले भने ।

सिद्धबाबा पहिरोबाट करिब ३ सय मिटर सडक क्षेत्र प्रवाभित हुँदै आएको छ।

के हो रक सेड ?
पहिरोको जोखिमबाट सडकलाई सुरक्षित बनाउने प्रविधि हो, रक सेड । पहाडबाट खस्ने पहिरोलाई सडकको सम्पर्कमा आउन नदिनका लागि पहाड र सडकको बिचमा पहिरो बग्नका लागि बनाइने छतलाई रक सेड भनिन्छ । यो पहाड र सडकको किनारामा ठूला–बलिया पिलरको माथि ढुङगालाई सडकको सम्पर्कमा आउनबाट रोक्नका लागि छत जस्तै आकृतिमा निर्माण गरिन्छ ।

सो छत भिरालो हुन्छ । त्यहि भिरालो छत हुँदै पहिरोको रुपमा खस्ने ढुङ्गालाई सुरक्षित खसाइन्छ । यस प्रकारका छत निर्माण भएको क्षेत्रका पहाडबाट पहिरो झरिरहेको समयमा पनि छत भित्रबाट सवारीसाधन सुरक्षित रुपमा अवातजावत गर्ने वातावरण हुन्छ ।


क्लिकमान्डु