राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को विवरणबाट १२० प्रतिशत बोनस सेयर दिने र त्यसमा लाग्ने करको लागि ५ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।

अहिले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।

सेयर बजारमा सूचिकृत कम्पनीमा दोस्रो सबैभन्दा बढी सेयर मुल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । यसको प्रतिकित्ता सेयर मुल्य १३ हजार छ ।


क्लिकमान्डु