प्रचण्डले खोले हाकिमचोकमा सम्पर्क कार्यालय



चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन् ।

चितवन क्षेत्र नं ३ को  सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए ।


क्लिकमान्डु