कैलाश विकास बैंकको सिल्भर जुब्ली निक्षेप योजना



काठमाडौं । कैलाश विकास बैंकले ‘कैलाश सिल्भर जुब्ली’ बचत योजना सार्बजनिक गरेको छ ।

यही फाल्गुन १३ गते आइतबार देखि लागु हुने गरी सिल्भर जुब्ली बचत खातामा ८.५ प्रतिशत वार्षिक ब्याज र ३ महिना  मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज पाइने छ ।

२५ औ वर्षमा प्रवेश गरेको बैंकले रजतवर्षको अवसरमा आप्mना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्तापूँजी २ अर्ब ५२ करोड रहेको छ । पुस मसान्तसम्ममा बैंकले १९ अर्व ११ करोड निक्षेप संकलन गरेको छ भने १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

४३ वटा शाखाबाट वित्तीय सेवा दिदै आएको बैंकले फागुन मसान्तसम्ममा विराटनगरमा र यही आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ ।


क्लिकमान्डु