वातावरण बिगार्ने होटल,अस्पताल र उद्योगलाई लालबाबुले गरे कारवाही



काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्डविपरीत सञ्चालनमा आएका उद्योग र अस्पताललाई कारबाही गरेका छन् ।

वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चालित विभिन्न उद्योग र अस्पतालमाथि उनले कारबाही प्रक्रिया अगाडि बढाएका हुन् ।

कारबाहीमा परेका उद्योग संस्थाहरुमा सोल्टी सिटी अपार्टमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल रविभवन, काठमाडौं गेष्ट हाउस ठमेल, अरनिको आबुखैरेनी सिमेन्ट इन्डस्ट्री तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकीसिनुवारी मोरङ, काठमाडौं दुग्ध आयोजना बालाजु रहेका छन्।

जसमा सोल्टी सिटी अपार्टमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल १ लाख रुपैयाँ जरिवाना लगाउने निर्णय भएको छ ।

अरनिको आबुखैरेनी सिमेन्ट इन्डस्ट्री तनहुँ, कमला रोलिङ मिल्सलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

वातावरणिय मुल्यांकन(इआइए) नगरिन काम अगाडि भएको भन्दै वातावरणमन्त्री पन्डितले कारवाही गर्ने निर्णय गरेका हुन् ।

यस्तै वातावरणीय प्रभाव मूल्यांकन मिचेर सञ्चालनमा रहेका अस्पतालमा नेपाल नेसनल अस्पताल कलंकी, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्ज, काठमाडौं मोडल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वर रहेका छन्।

मन्त्री पण्डितको निर्देशनमा ती अस्पताललाई तत्काल मापदण्डमा ल्याउनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका छन् ।

वातावरण ऐन २०५३ र नियमावली २०५४ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको वातावरण मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु