एशियन लाइफ इन्स्योरेन्सले दियो १२ प्रतिशत बोनस सेयर



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिएको छ ।

कम्पनीको संचालक समितिले अहिले कायम रहेको चुक्ता पुँजीमा १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यस्तै कम्पनीले कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।

अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड छ । जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने छ ।


क्लिकमान्डु