विप्लवले चेतावनी दिएपछि सलमान खान नेपाल नआउने




काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । विप्लव समूहको चेतावनीलाई कारण सुरक्षामा खतरा हुन सक्ने भएकाले खान नेपाल नआउने भएका हुन् ।

खान ‘दबंग द टुर’का लागि काठमाडौं आउने तयारीमा थिए । सो कार्यक्रम फागुन २६ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने तय भईसकेको थियो । सो शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि खानसँगै उपस्थित हुने भनिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ ।


क्लिकमान्डु