यी सफ्टवेर इञ्जिनियर, जसले लाखौं कमाइ हुने एप कम्पनी बेचेर माटोबिनाको आधुनिक खेती शुरु गरे



काठमाडौं । नेपाली युवाहरु धमाधम खेती किसानी छाडेर अरु कामको खोज्दै दौडिरहेका छन् । स्वदेशमै रोजगारी नभेटे रोजगारी खोज्दै विदेशीने युवाहरुको संख्या पनि कम्ति छैन हाम्रो नेपालमा ।

हाम्रो सोच नै पढ्ने र जागिर खाने हो । पारिवारिक स्कुलिङ पनि उद्यमी भन्ने भन्ने छैन । त्यसो त विद्यालय तथा विश्व विद्यालयका पाठ्यक्रमले पनि उद्यमी बन्न नभइ जागिर बन्नमा जोड दिएको छ ।

नेपाल कृषि प्रधान देश हो । यहाँका करिब ७० प्रतिशत मानिसहरु कृषिमा आवद्ध छन् । तर, लाजलाग्दो कुरा के छ भने नेपालले वार्षिक खर्बको हाराहारीमा कृषि वस्तुहरु विदेशीसँग किन्दै आएको छ ।

तर, आज हामी तपाईंलाई एउटा यस्तो सत्य बताउँदै छौं कि जसले लाखौंको कमाइ हुने सफ्टवेर कम्पनीको जागिर छाडेर एप बनाउने बिजनेश सुरु गरे । पछि त्यो पनि छाडेर माटोबिनानै उत्पादन गर्नसक्ने खेती किसानी सुरु गरे ।

भारतका कर्नाटकका अजय नाइकले सफ्टवेर इन्जिनियरिङको पढाइ पूरा गरेका थिए । पढाई सकेर सफ्टवेर कम्पनीमा कार्यरत उनी आफैं केही गर्ने सोचमा लागे । र, सन् २०११ मा सफ्टवेर कम्पनीको जागिर छाडेका नाइकले मोबाइल ऐप्लिकेशन बनाउने आफ्नै कम्पनी खोले । यो कामबाट उनले धेरै कमाई गरे ।

तर, नाइक यतिमा सन्तुष्ट हुन सकेनन् । एक दिन नाइकले ‘स्वयललेस कल्टीवेशन’ को बारेमा सुने । जसलाई वैज्ञानिक तौरमा ‘हाइड्रोपोनिकस’ र सामान्यतया माटो बिनाको खेती वा ‘जलकृषि’ पनि भन्ने गरिन्छ । यसमा माटोको प्रयोग हुँदैन । यसलाई केवल पानीमा अथवा लठ्ठीको भाँडा, बालुवा अथवा जम्मा गरिएको पानीमा राखिने गरिन्छ ।

नाइकले ‘स्वयललेस कल्टीवेशन’ विधि यानिकी माटोबिना नै केही यस्ता तरकारीको खेती गरिरहेका छन् ।

कसरी हुन्छ माटोबिना नै खेती ?

सामान्य तथा बिरुवाहरु आफ्नो आवश्यक पोषण तत्व माटोबाट लिने गर्छन् । तर, हाइड्रोपोनिक्स तरिकामा विरुवाहरुका लागि आवश्यक पोषण तत्व पुरा गर्नका लागि विरुवामा विशेष प्रकारको झोल पदार्थ हाल्ने गरिन्छ । यस झोल पदार्थमा विरुवाको पालनपोषणका लागि आवश्यक खनिज एवं पोषण तत्व मिलाइने गरिन्छ । पानी, काठ र बालुवामा उत्पादन गरिने विरुवामा यो झोल पदार्थ महिनामा १/२ पटक केही थोपा मात्र हाल्ने गरिन्छ ।

यो झोल पदार्थमा नाइट्रोजन, फास्फोरस, पोटाश, मैग्नीशियम, कैल्शियम, सल्फर, जिंक र आइरन जस्ता तत्वहरु मिलाइएको हुन्छ । यसले गर्दा विरुवाहरु आवश्यक तत्वका साथ पानीमै सजिलै उत्पादन हुने छन् ।

नाइक यस विधिबाट यति धेरै प्रभावबित भए कि उनले यस विधिबाट विदेशी फलफूल तथा तरकारीहरु आफ्नो देशमा उत्पादन गर्ने सोच बनाए ।

यसो गर्न सकेमा विदेशी मुलुकबाट तरकारी तथा फलफूल उत्पादन गर्नु नपर्ने भएका कारण उनले आफ्नो लाखौँ कमाइ गर्ने ऐप कम्पनी बेचे । उनले त्यही पैसाले आफ्नो ‘हाइड्रोपानिक्स’ फार्म खोले ।

गोवा हुँदै बैंगलोरमा फार्म बिस्तार

सन् २०१६ मा नाइकले आफ्ना ६ जना साथीहरुसँग मिलेर गोवाको करासवाडामा आफ्नै फार्म खोले । ‘स्वेललेस कल्टीवेशन’ अर्थात् ‘हाइड्रोपोनिक्स’ तरिकाबाट तरकारी तथा फलफुल उत्पादन गर्न सुरु गरे । यसरी उनले विदेशी भुमिमा फल्ने सलादका रुपमा उपयोग हुने पात जस्तै लेट्स र सेलरी जस्ता कुरा उत्पादन गर्न थाले । यसबाट केही फाइदा कमाएका उनले यो खेतीलाई बिस्तार गर्ने सोचे । उनले बेंगलोरमा पनि ‘लेटसेट्र’ नामक अर्को फार्म खोले ।

७ प्रकारका सब्जी तथा फलफुल उत्पादन

पछिल्लो समय उनी आफ्नो फर्ममा लेट्स, सेलरी र स्पिनिच जस्ता ७ प्रकारका तरकारी र स्टोबेरी पनि उत्पादन गर्न थालेका छन् । यसरी उत्पादन गरेका फलफूल तथा तरकारीहरु बजारका तरकारी पसलहरुमा विक्री हुने गर्छन् । उनी आज ती व्यक्तिहरुका लागि उदाहरण बनेका छन् जो कृषिलाई दुख मानेर विदेशीने गर्दथे । केन्फोलियसबाट


पुष्प दुलाल