अमेरिकाबाट चीन आएको २४ घण्टामै बढ्यो १ खर्बको सम्पत्ति



२४ घण्टामा १ खर्ब रुपैयाँ सम्पत्ती बढ्नु यो कुरामा धेरैलाई विश्वास भने लाग्दैन ।

तर,चीनका व्यवसायी झोउ होंगीले भने अमेरिका छाडेर चीन आएको २४ घण्टामा १ खर्ब रुपैयाँ सम्पत्ती बढाउन सफल भएका छन् ।

अनलाइन सेक्युरिटी फर्म Qihoo 360 Technology संस्थापक झोउ होंगीले अमेरिका छाडेर आएपछि ११ अर्ब अमेरिकी डलरको सम्पत्ती बढेको छ ।

ब्लूमर्ग बिलिनियर इन्डेक्स अनुसार उनी चीनका ११ औ धनी व्यक्ति हुन् ।

झोउले अमेरिकाबाट चीन फर्कने निर्णय गरेका थिए । न्यूयोर्क स्टक एक्सचेन्जमा उनको कम्पनी सूचिकृत हुँदा उनीसँग २ अर्ब अमेरिकी डलरको सम्पत्ती थियो । अहिले उनीसँग १३ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ती रहेको छ ।

सन् २०१६ मा झो होंगीले न्यूयोर्क स्टक एक्सचेन्जमा रहेको सूचिकृत कम्पनीलाई सूचिकरणबाट हटाउने र सांघाई स्टक एक्सचेन्जमा सूचिकृत गर्ने निर्णय गरेका थिए ।

झाउसँग Qihoo 360 Technology २३ प्रतिशत सेयर स्वामित्व रहेको छ । उनको कम्पनी एन्टीभाईरस बनाउने गर्छ । ऐजेन्सी


क्लिकमान्डु