सिटिजन लाइफ इन्स्योरेन्सको शाखा पुल्चोकमा



काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्सले पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उदघाटन गरे ।

शाखा उद्घाटन कार्यक्रममा इन्स्योरेन्सका प्रमुख अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी दिए ।

अहिलेसम्म कम्पनीले ३५ वटा शाखा खोलेको छ । बैदेशिक रोजगारीमा जानेको लागि ४ वटा शाखा संचालनमा ल्याएको छ ।

कम्पनीले केही समयभित्रमा सर्वसाधरणको लागि ६५ करोड रुपैयाँको सेयर जारी गर्ने जनाएको छ ।


क्लिकमान्डु