सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा  निर्जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

देशको १४ वटै अञ्चलमा फैलिएको बैंकले काठमाडौं उपत्यका भित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु