बाग्लुङको बलेवा विमानस्थलमा तारा एयरले उडान भर्ने



काठमाडौं । विगत २६ वर्ष देखि बन्द बाग्लुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । आगामी चैत्र ९ गते देखि तारा एयरले पोखराबाट उडान सुचारु गर्ने सम्झौता समेत भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पहलमा बाग्लुङ नगरपालिका तथा नेपाल वायुसेवा निगम र तारा एयर वीच आउँदो चैत्र ९ गते देखि हप्ताको २ वटा नियमित उडान गर्ने गरी सम्झौता भएको छ ।

तारा एयरले आगामी चैत्र ९ गते देखि तारा एयरले साताका दुई उडान भर्ने सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ । पोखरा–बलेवा उडान १३ मिनेटको रहेको छ ।


क्लिकमान्डु