यी हुन् संसारका ५ धनी महिला



काठमाडौं । आज अन्तराष्ट्रिय महिला दिवस । विश्वभर ८ मार्चलाई विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाउने गरिन्छ ।

विश्वमा अहिलेपनि पुरुषको तुलनामा महिलाहरु नेतृत्वमा आएका छैनन् । चाहे त्यो राजनीतिमा होस् या व्यवसायमा महिलाहरु पुरुषभन्दा पछाडि छन् ।

अर्बपतिको सूचि प्रकाशित गर्ने फोब्र्स म्यागेजिनले एक दिन अगाडि सन् २०१८ को अर्बपतिको सूचि सार्वजनिक गर्यो । २ हजार २ सय ८ जना अर्बपतिको सूचि सार्वजनिक गर्यो ।

जसमा महिला अर्बपतिको संख्या २५६ जना मात्र छन् । विश्वमा भएका कुल अर्बपतिमा ११ प्रतिशत हिस्सा मात्र महिलाको छ ।

अर्बपति महिलाहरु केही आफ्नै मेहनतले केही पारिवारिक विरासतको आधारमा अर्बपति भएका छन् । जसमा संसारका ५ जना धनी महिलाहरु भने यस्ता छन् ।

१ एलिस वालटन 

एलिस वालटन संसारकै सबैभन्दा धनि महिला हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ४६ अर्ब अमेरिकी डलर छ ।
उनी विश्वकै चर्चित ब्राण्ड वालमार्टका संस्थापक साम वालटनकी छोरी हुन् । उनलाई यो व्यवसाय पारिवारिक विरासतमा मिलेको हो ।

उनको व्यक्तिगत चित्रकला संकलन नौ करोडौ डलरको रहेको फोब्र्सले जनाएको छ । अमेरिकाकी ६८ वर्षे वालटन उनी विश्वका धनी व्यक्तिहरुको १६ औ नम्बर सूचिमा छन् ।

२. फ्रेनच्वाइस बिटेनकोर्ट मेयर्स

फ्रान्सकी ६४ वर्षे मेयर्स धनी महिलाको सूचिमा दोस्रो स्थानमा छिन् । उनीसँग ४२ अर्ब २० करोड अमेरिकी डलरको सम्पत्ति रहेको छ । मेयर्सकी आमाको गतवर्ष निधन भएपछि उनको सम्पत्ति बढेको हो ।

उनलाईपनि व्यवसाय पारिवारिक विरासतमा मिलेको हो । लोओरेलमा उनको ३३ प्रतिशत सेयर लगानी छ ।

३ .सुसानी क्यालटिन

जर्मनीका क्यालटिन विश्वका धनी महिलाको तेस्रो नम्बरमा छिन् । उनी जर्मनीका सबैभन्दा धनी महिला हुन् र उनीसँग २५ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ ।

उनीसँग विश्वविख्यात गाडी बिएमडब्लुको १९.२ प्रतिशत सेयर स्वामित्व छ । यस बाहेक उनको औषधी उद्योगमा पनि ठूलो लगानी छ । उनलाईपनि यो सम्पत्ति पारिवारिक विरासतको रुपमा मिलेको हो ।

४.ज्याकलिन मार्स

अमेरिकाकी ज्याकिलन विश्वका धनी महिलाको चौथो सूचिमा रहेकी छन् । उनीसँग २३ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ ।

७८ वर्षे मार्स अमेरिकाको चकलेट कम्पनी मार्स इनकर्पोरेटको यो अमेरिकाको ठूलो चकलेट कम्पनीमा पर्छ । उनको हजुरबुवाले यो कम्पनीको स्थापना गरेका थिए । उनलाईपनि पारिवारिक विरासतमा व्यवसाय मिलेको हो ।

५.याङ हुयिन

काठमाडौं । विश्वका धनी महिलाको पाचौं स्थानमा चीनकी हाङ युयिन छन् । उनको सम्पत्ती २१ अर्ब ९० करोड अमेरिकी डलर छ ।रियलस्टेट व्यवसायी हुयिनलाई आफ्नो बाबुबाट पारिवारिक विरासतमा व्यवसाय मिलेको हो ।

३६ वर्षे हुयिनका पिताले रियलस्टेट व्यवसायको सुरुवात गरेका थिए ।  उनले सन् २००७ मा कम्पनीको सेयर पाएकी हुन् ।


क्लिकमान्डु