एनआइसी एशिया बैंकका सिइओ लक्ष्मण रिसालद्धारा राजिनामा



काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजिनामा दिएका छन् ।

२ वर्ष अगाडि शसिन जोशीले सिइओ पद छाडेपनि नियुक्त भएका रिसालले  राजिनामा दिएका हुन् । उनलाई २ वर्षको लागि नियुक्त गरिएको र कार्यकाल थप नहुँने भएपछि राजिनामा दिएका हुन् ।

एनआइसी र बैंक अफ एशिया मर्ज भएपछि डेपुटी रहेका रिसालले ग्रिनलेज बैंकबाट बैंकको करिअर सुरु गरेका थिए । उनले प्राइम लाइफमा पनि सिइओको रुपमा काम गरेका थिए ।

रिसाल सिइओ भएपछि बैंक शाखा विस्तारमा आक्रमक ढंगले लागेको थियो ।


क्लिकमान्डु