५ महिला खेलाडी सम्मानित




काठमाडौं । आज १ सय ८ औं अन्तराष्ट्रिय नारी दिवस । संसार भरका महिलाहरुले विभिन्न कार्यक्रमगरी नारी दिवस मनाइ रहेका छन् ।
नारी दिवसको उपलक्ष्यमा नेपालका विभिन्न संघसंस्थानहरुले कार्यक्रमगरी मनाएका छन् ।

नेपालमा खेलकुद क्षेत्रमा महिलाहरको समाबेसीका हेर्ने हो भने निकै कम देखन पाइन्छ । नेपालमा महिलाहरु कुन कुन खेलकुद क्षेत्रमा समाबेस होलान भन्दा औँलामा गन्ती गरे बराबर छन् ।

लक्ष्मी मगर
लक्ष्मी मगर साइक्लिङ खेलाडी हुन् । पढाइको सहजताका लागि मगरले साइकलको साइकलसँग लगाभ बसेको थियो । कलेज जानका लागि साइकल प्रयोग गर्ने गरेकी उनीमा साइकल प्रतिको लगाव बढ्दै गयो ।

समयसँगै साइकल दौड प्रतियोगितमासहभागी हुन पाए केहि गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गएको उनले बताइन् ।

‘साइकल दौड प्रतियोगीता कतै भएको सुनेमा सहभागी हुने इच्छा बढ्न थाल्यो,’ उनले भनिन् ।

साइकल दौडका लागि फारम खोज्न भनेर धेरै पसलहरु चारेको उनको अनुभव छ ।
उनले साइलक दौड प्रतियोगीतामा सहभागी हुनका लागि दैनिक ८ सय रुपैयाँ तिरेर साइकल भाडा पनि लिने गरेकी थिइन् ।

पहिलो पटक सन् २००८ सालमा साइक्लिङ गर्दा तेस्रो हुन पुगेकी उनलाई यसमै केही गर्न सकिन्छ भन्ने संकेत मिलेको थियो । त्यस पश्चात मेडल जित्ने सोचका साथ पढाईका साथै साइक्लिङ गर्दै आएकी छिन्, मगर ।

यसै खेललाई लगातार निरन्तरता दिइरहेकी लक्ष्मी साइकलमा डाँडाकाँडा घुम्न मन पराउछिन् ।

‘महिलाहरुलाई चुलो चौँको मात्र नभई छुट्टै काम पनि लाग्नु पर्दो रहेछ, इच्छा भएको काम गर्दा सफता हात पार्न सकिन्छ’ मगरले भनिन् ।

सदीना श्रेष्ठ
सदीना श्रेष्ठ बास्केटबल खेलाडी हुन् । श्रेष्ठका परिवारका सदस्यहरु खेलकुद क्षेत्रमा नै संलग्न छन् ।

परिवार नै खेलकुद क्षेत्रमा भएकाले खेलकुदमा लाग्न कठिन नभएको उनी बताउँछिन् ।

श्रेष्ठ खेलाडीका साथै कोच पनि हुन् । उनी सेन्ट जेभियर स्कुलमा बास्केटबलको प्रशिक्षण पनि दिन्छिन् । रिबस् स्कुलबाट एलएलसी दिएकी उनी जर्मनमा ग्रयाजुएसन गरेकी हुन् । परिवारको सर्पाेर्ट भएपनि खेलको मैदानमा उत्रेपछि धेरै थोरै किसिमका समस्याहरु आउने उनी बताउँछिन् ।

नबीता श्रेष्ठ
नबीता श्रेष्ठले टेबल टेनिसमा ७ वटा राष्ट्रय पदक जितिसकेकी छिन् । सुरुमा कक्षा ८ मा अध्यन गर्दा तेक्वान्डो खेल्ने गरेकी उनको मन कक्षा ९ मा पुग्दा भने टेबल टेनिस तर्फ आकर्षित भएको उनी सुनाउँछिन् ।

बाबाको इच्छा तेक्वान्डो खेलाडी बनाउने भए पनि आफुले पछि टेबल टेनिस रोजेकोले परिवामा केही असन्तुस्टी भए पनि पछि पछि सबै खुसी भएको हुनी बताउछिन् । टुनामेन्टदेखि वल्ड च्याम्पियनसिपसमेत खेलीसकेकी नबीताले जर्मनबाट एमबीए गरेकी हुन् ।

श्रेष्ठ खेलकुद क्षेत्रमा केहि गर्नुपर्छ भने आफ्नै टेबल टेनिस एकेडेमी खोल्ने तयारीमा छिन् ।

‘महिलाले जहिले पनि आफु महिला हुँ भन्ने कुरालाई नभई पहिला आफ्नो सपना के हो त्यसको विषयमा सोच्नु पर्छ अनि मात्र हामी केही बन्न सक्छौँ,’ श्रेष्ठले भनिन् ।

 निशा रावल
रहरले भन्दा पनि बुबाको इच्छाका कारण निशा रावल तेक्वान्डो खेलाडी बनेकी हुन् । बुवाले आत्मरक्षाका लागि ४ कक्षामा अध्ययन गर्ने क्रममा तेक्वान्डो खेल्न पेरित गरेको रावल बताउँछिन् ।

उनले १२ वटा अन्तिराष्ट्रिय प्रतियोगीमा नेपालबाट सहभागीता जनाइसकेकी छिन् ।

‘मेडलको खेती गर्नु भन्दा आत्मरक्षाका लागि महिलाहरु आफै सक्ष्म हुनु पर्ने भएकाले खेल खेल्न जरुरी छ,’ उनले भनिन् ।

मेरिना श्रेष्ठ
मेरिना श्रेष्ठ डरलाग्दो खेलका  रुपमा चिनिने बाइक स्टनर हुन् । बच्चा उमेरदेखि नै उनको लगाव गुडियाँमा भन्दा गाडीमा थियो ।

बाइक स्टन्टमा महिलाहरुको संख्या न्युन भएपनि अरुभन्दा भिन्न बन्र्न सोचमा रहेकी मेरिनाले १९ वर्षको उमेर बाइक स्टन्ट सिकेकी हुन् । बिदेशमा आफ्नो शिक्षा पुरा गरेर आएकी उन्ले नेपालमै एउटा स्टन्ट खेलको अर्गनाइजरका रुपमा विभिन्न स्थानमा स्टन्ट खेल खेलाउँदै आइरहेकी छिन् ।

उनले संकटा इन्टरनेसनलबाट बाइक स्टन्टको सुरुवात गरेकी हुन् । सो समय भारतबाट आएका स्टन्ट मेनले प्रशिक्षण दिएको उनी स्मरण गर्छिन् । भैरहवा धरान जस्ता विभिन्न ठाउँहरुमा पर्यटन भित्राउनका लागि पनि बाइक स्टन्ट खेलहरु खेलाउने गरेको उनले बताइन् ।

यस्तै उनले राइडर युनिफ्रेनड नामक बाइक स्टन्ट सिकाउने एकेडेमिक न्यूरोडमा खोलेकी छिन् । हालसम्म उनको संस्थाले ४ सय बढी युवाहरुलाई स्टनट सिकाएको मेरिनाले जानकारी दिइन् ।

‘महिलाहरुले पनि चायो भने जस्तो पनि काम गर्न सक्छन् नहुने केही छैन’ मेरिनाले भनिन् ।

काठमाडौंमा आयोजित स्पिन्ज एक्टीभ गल अफ दि एयर २०१८ कार्यक्रममा विभिन्न खेल्कुदमा संलग्न रहेका ५ महिला खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

मोटरबाई स्पोर्टबाट मेरिना श्रेष्ठ, टेबल टेनिसबाट नबिता श्रेष्ठ, बास्केटबल खेलाडी सदिना श्रेष्ठ, साइक्लिङकी लक्ष्मी मगर र तेक्वान्डोकी निशा रावललाई जनही १० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।


क्लिकमान्डु