नेपाल एयरलाइन्सको ६० वर्षे यात्रा: डाकोटादेखि वाइडबडीसम्म



काठमाडौं । नेपाल एयरलाइन्सले सन् १९५८ मा २८ सिट क्षमताको डाकोटा डीसी-३ जहाजबाट उडान शुरु गरेको थियो । नेपालको हवाई इतिहासमा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले ६० वर्षे यात्रा पुरा गरिसकेको छ ।

स्न १९५८ मा पहिलो पटक नेवानिले त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य उडान शुरु गरेको थियो । पहिलो पटक सिमरामा सेडुल उडान गरेको नेवानिले अहिले विश्वका ८ गन्तव्य र आन्तरिक उडानमा नियमति उडान गर्दै आएको छ ।

स्न १९५८ मा नेवानिको पहिलो उडानले नै नेपालको हवाई इतिहासको ढोका खोलेको थियो । पहिलो पटक ल्याइएको जहाज मार्फत नै सन् १९७३ सम्म नेवानिले सेवा दिएका थियो । पहिलो जहाज ल्याएको ३ वर्षपछि फेरी नेवानिले सिंगल इन्जिन क्षमताको ६ सिट क्षमताको पीसी–६ नामको जहाज खरिल गर्दै सेवा विस्तार गरेको थियो ।

पीसी–६ जहाज स्वीजरल्यान्डका निर्माण भएको थियो । यो जहाज हिमालयन क्षेत्रमा गरिने उडानका लागि सुहाउँदो थियो । नेवानीले यो जहाजमार्फत् १९९८ सम्म सेवा दिएको थियो ।

सन् १९७१ मा भने नेपालको हवाई इतिहासमा नेवानिले ट्वीनअटर जहाज भित्र्याएको थियो । यो जहाजको आगमनसँगै देशको हवाई इतिहासले नयाँ मोड लिन पुगेको थियो ।

पीसी-६ जहाज ल्याएको २ वर्षमै फेरि नेवानिले १२ सिट क्षमताको दुई चिनियाँ फन्ग शु हार्भेस्टर एएन–२ जहाज खरिद गर्दै आन्तरिक उडानका प्रयोग गरेको थियो । तर, यी जहाजले लामो समय भने सेवा दिन सकेन् । यी जहाज मार्फत नेवानिले स्न १९६५ सम्म मात्रै सेवा दिन सफल भएको थियो ।

नेवानिले सन् १९६६ मा पहिलो पटक ४४ सिट क्षमताको फिकर फ्रेन्डसीप एफ–२७ जहाज ल्याउँदै अन्तर्राष्ट्रिय उडानमा समेत आक्रम बजार विस्तार गरेको थियो । त्यो समयमा फिकरमा यात्रा गर्ने धेरै प्रतिष्ठित पनि थिए । यो जहाजमार्फत् नेवानिले सन् १९७० सम्म सेवा विस्तार गरेको थियो ।

सन् १९७० मा फेरि नेवानिले एचएस–७४८ एव्रो खरिद गर्यो । यो जहाज ४४ सिट क्षमताको थियो । नेवानिले यो जहाजमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुबैका प्रयोग गरेको थियो । यो जहाज माउन्टेन उडानमा समेत प्रयोग भएको थियो ।

सन् १९७१ मा भने नेपालको हवाई इतिहासमा नेवानिले ट्वीनअटर जहाज भित्र्याएको थियो । यो जहाजको आगमनसँगै देशको हवाई इतिहासले नयाँ मोड लिन पुगेको थियो । यो जहाज १९ सिट क्षमताका थिए । जहाजको नाम भने डीएचसी थियो ।

नेवानिले जहाज थप्दै जाने क्रममा सन् १९९२ मा भने बोइङ ७२७ भित्र्याएको थियो । जहाजको सीट क्षमता १२३ थियो । यो जहाज आएपछि नेवानिले अन्तर्राष्ट्रिय उडानमा राम्रो प्रतिक्रिया पाएको थियो । यो जहाजमार्फत् नेवानिल क्षेत्रीय गन्तव्यमा उडान विस्तार गरेको थियो ।

नेवानिले यो जहाजमार्फत् सन् १९९३ सम्म सेवा दिँदै आएको थियो । पहिलो पटक बोइङबाट सेवा सुचारु गरेको निगमले अर्को १५ वर्षमै सन् १९८७ मा आधुनिक र त्यसबेला विश्वमा चर्चित भएको बोइङ ७५७ सिरिजका दुई जहाज भित्र्याएको थियो ।

त्यसबेला ल्याएको दुई बोइङ मध्ये एउटा अहिले नेवानिले बीबी एयरवेजलाई करिब १५ करोड रुपैयाँका बिक्री गरिसकेको छ भने एउटा बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । बोइङ ७५७ सिरिजका जहाजको १९३ सीट क्षमता छन् ।

यसैगरी निगमले आन्तरिक उडानलाई पनि विस्तार गर्न भन्दै सन् २०१४मा चिनियाँ सरकारको अनुदानमा एउटा एमए ६० र एक वटा वाई १२ जहाजसहित ६ अर्ब रुपैयाँभन्दा बढी रकममा ३ वाई १२ सिरिजका जहाज र एउटा एमए ६० खरिद सम्झौता गरेको थियो । यी जहाज अहिले नेपाल आइसकेका छन् । तर, पाइलट अभावका कारण वाई १२ सिरिजका जहाज भने पर्याप्त मात्रमा उडान हुन सकेको छैन् ।

साथै नेवानिले करिब २८ वर्ष पछि सन् २०१५ मा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका लागि एयरबस खरिद गरेको थियो । नेवानिले १५८ सीट क्षमताका दुई जहाज ल्याउँदै अन्तर्राष्ट्रिय उडान विस्तार गरेको थियो । दुई एयरबस ल्याउँदै उडान सुरु गरे लगतै सन् २०१६ मा अन्तर्राष्ट्रियतर्फ नेपालबाट सबैभन्दा बढी यात्रु बोक्न नेवानि सफल भएको थियो ।

फेरी नेवानिले युरोप तथा अमेरिकामा सिधा उडान गर्दै देशको पर्यटक बढीभन्दा बढी भित्र्याउने योजना सहित २३ अर्ब रुपैयाँ सन् २०१८ मै दुई वाइडबडी जहाज ल्याउन लागेको छ । दुई जहाज मध्य पहिलो जहाज मे महिनामा नेपाल आइपुग्ने छ ।


पुष्प दुलाल