तपाईंले फेसबुकमा पठाएको फ्रेण्ड रिक्वेस्ट कसले एसेप्ट गरेन ? यसरी पत्ता लगाउनुहोस्



काठमाडौं । फेसबुक चलाउनु हुन्छ ? चलाउनु हुन्छ भने चिनेका मानिसहरुलाई पक्कै पनि फ्रेण्ड रिक्वेस पठाउनु भएको होला । तपाईले चिनेका वा साथी बनाउनका लागि उपयुक्त ठान्नु भएको व्यक्तिले फ्रेण्ड रिक्वेस्ट स्विकार गरेका छैनन् भन्ने बुझ्ने चहाना तपाईलाई हुन सक्छ । हो आज हामी तपाईको फ्रेण्ड रिक्वेस्ट कसले स्विकार गरेका छैनन् । त्यसबारेमा जानकारी दिने जमर्कोमा छौं ।

कसरी थाहा पाउने ?

सबैभन्दा पहिला आफ्नो फेसबुक एकाउन्टलाई खोल्ने । फेसबुकको होम बटनको दायाँतर्फ फ्रेण्ड रिक्वेस्ट आएको सूचना दिने एउटा बटन देखा पर्छ । फ्रेण्ड रिकवेस्ट आएको सूचना दिने बटनमा क्लिक गर्ने ।

बटनमा क्लिक गरेपछि तपाई आएको फेण्ड रिक्वेसको लिस्ट देखापर्छन । त्यसको माथिल्लो भागमा फ्रेण्ड रिक्वेस्ट भन्ने बटन देखा पर्छ । सो बटनमा क्लिक गर्नुहोस् ।

सो बटन क्लिक गरेपछि पुन माथिल्लो भागमा तपाईलाई आएको फेण्डहरुको संख्या देखाउँछ त्यसको ठिक तलपट्टी सानो हरियो अक्षरमा भ्यू सेन्ड रिक्वेस्ट भन्ने बटन देखिन्छ र त्यसमा क्लिक गर्ने । सो बटनमा क्लिक गरेपछि तपाईले साथी बनाउनका लागि प्रस्ताव गर्नु भएको सूची देखा पर्छन् ।


पुष्प दुलाल