सामसंगको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपालमा सार्वजनिक हुँदै



काठमाडौं । सामसंगले फागुन २८ गते सोमबार नेपाली बजारमा सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्न लागेको यो फ्ल्यागशिप फोन अहिले चर्चाको शिखरमा रहेको छ ।

फेब्रुअरी २५ मा स्पेनमा भएको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको यो स्मार्टफोन छिमेकी मुलुक भारतमा भने केहि दिन अघि मात्र सार्वजनिक भएको थियो । भारतमा सो फोन हाल प्रि बुकिंगमा रहेको छ ।

कम्पनीले यसअघि सार्वजनिक गरेको एस एट तथा एस एट प्लसको सक्सेसरको रुपमा आएको यो फोनको फीचरहरु यसअघिको फोनभन्दा केहि थप गरिएका छन् ।

नेपाली बजारमा सामसंगले शुरुवाती चरणमा दूबै फोनहरु ६४ जीबी आन्तरिक स्टोरेजसहित उपलब्ध गराउने छ । त्यसपछि भने बजारको माग अनुसार केहि पछि मात्र १२८ जीबी स्टोरेज भएको फोन आउनेछ । तर नेपाली बजारमा २५६ जीबी स्टोरेज आउने वा नआउने भन्ने बारेमा अझै केहि स्पष्ट छैन ।

दूबै फोनहरुमा सामसंगले ड्यूल सिम सपोर्ट गर्ने सेटहरु मात्र नेपालमा उपलब्ध गराउने छ ।

क्यामरालाई अधिक महत्व दिईएको यो फोनमा यसअघिको भन्दा केहि फीचरहरु थप गरिएका छन् ।

विश्व बजारमा एस नाइनको मूल्य ८४९ यूरो र एस नाइन प्लसको मूल्य ९४९ यूरो तोकिएको छ । तर विभिन्न देशअनुसार यसको मूल्य केहि तल माथि राखिएको छ ।

छिमेकी मुलुक भारतमा एस नाइनको मूल्य ५७ हजार ९ सय भारु तोकिएको छ भने एस नाइन प्लसको मूल्य ६४ हजार ९ सय भारु तोकिएको छ ।


क्लिकमान्डु