लाटोकोसेरोको श्राद्द गरिने



काठमाडौं । बिहारको सुपौल जिल्ला स्थित कर्णपुर गाउँमा लाटोकोसेरोको अन्तिम संस्कार गरिएको छ । हिन्दु संस्कार अनुसार ब्राह्मणको सहभागितमा अन्तिम संस्कार गरिएको थियो ।

राधाकृष्ण मन्दिमा लाटोकोसेरो घाइते अवस्थामा भेटिएको थियो । गाउँलेहरु मिलेर त्यसको उपचार गरेका थिए । उपचार सफल नभएपछि लाटोकोसेरोको मृत्यु भएको हो । सो घटनापछि गाउँलेले विधि विधानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेका हुन् । लाटोकोसेरोलाई भगवान लक्ष्मीको बहानको रुपमा लिने गरिन्छ ।

मृत लाटोकोसेरोलाई नव वस्त्र (विभिन्न ९ प्रकारको कपडा)ले बेरेर राखिएको थियो । यो दृश्य हेर्न मानिसहरुको घुँइचो लागेको थियो । यसरी मन्दिर परिसरमा लाटोकोसेरोको अन्तिम संस्कार गरिएको हो ।

यति मात्र नभएर यो घट्नापछि मानिसले लाटोकोसेरोको श्राद्द समेत गर्ने निर्णय गरेका छन् । सम्पूर्ण गाउँको मानिस एक भएर मन्दिर परिसरमा कुमारी कन्यालाई भोजन गराएका छन् । यहीँ अवसरमा सामूहिक भोजनको समेत आयोजना गरेको थियो । त्यहाँ उपस्थित मानिसले प्रसादसमेत ग्रहण गरेका थिए ।

कर्णपुर गाउँका बासिन्दाको यो काम आस पासको गाउँमा भने चर्चाको विषय बनेको पाइन्छ ।

यो गाउँमा जीवको मृत्युप्रति मानिसहरु यसरी नै संवेदनशील रहने गरेको पाइएको छ । यहाँ घाइते प्राणीलाइ उपचार गरेर नयाँ जीवन दिन प्रयास गरिने कुरा जागरण हिन्दीमा उल्लेख छ ।


क्लिकमान्डु