यस्तो छ नेपालमा हवाईजहाज दुर्घटनाकाे इतिहास, कहिले कुन विमान दुर्घटनामा पर्यो ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सोमबार यूएस बंगलाको हवाईजहाज दुर्घटना भएको छ । सो दुर्घटना विमान रनवे भन्दा बाहिर जाँदा भएको थियो भने सो हवाईजहाजमा दुर्घटनापछि आगलागी भएको थियो । सो दुर्घटनामा कति यात्रुहरु हताहत भए भन्ने जानकारी अझै बाहिर आईसकेको छैन् । यो विमान दुर्घटना भन्दा अगाडि नै नेपालमा हवाईजहाज दुर्घटना करिब ६ दर्जन पुगेको छ ।

हामी तपाईँलाई कुन हवाईजहाज दुर्घटना कहिले भएको थियो भनेर यहाँ जानकारी दिने प्रयासमा छौं ।

* ६ अक्टोबर १९७३ मा नेपालमा पहिलो हवाई दुर्घटना भएको थियो । यो दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । नेपाल बायुसेवा निगमको क्यानडामा निर्मित डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन नाइन एन एविजी लुक्ला विमनस्थलमा दुर्घटना भएको थियो । मानवीय क्षति नभए पनि चालक दलका तीन र तीन यात्रु घाइते भएका थिए । उक्त विमान क्यानडामा बनेको थियो ।

* जुन ९ १९९१ मा पनि नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाको लागि उडानमा रहेको सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

* ३१ जुलाई, १९९२ मा थाइ एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गराउने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार एक सय १३ जनाको ज्यान गएको थियो ।

* २८ सेम्टेम्बर, १९९२ मा थाइ एयरलाइन्स दुर्घटनाको दुई महिना नपुग्दै फेरि नेपाली आकासमा अर्को विमान दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो। ए थ्री हण्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

* नेपाल वायुसेवा निगमको जहाज १७ जनवरी, १९९५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । काठमाडौंबाट रुम्झाटार जाने क्रममा सो विमान धावन मार्गमा दुर्घटनामा परेको थियो ।

* नेकोन एयरको विमान सेप्टेम्बर ५, १९९९ मा पोखराबाट काठमाडौंसम्मको उडानको क्रममा दुर्घटनाम परेको थियो । यो विमानमा चालक दलका सदस्यसहित १५ जनाको ज्यान गएको थियो ।

* सन २००४ २५ मइ महिनामा काठमाडौंबाट लुक्ला जान लागेको यति एयरलाइन्सको डि एच सी सीक्स थ्री हन्ड्रेड नाइन एन एफ डी ट्वीनअटर विमान लुक्ला विमानस्थल नजिक लाम्जुरा पहाडमा ठोकिएर दुर्घटना भएको थियो । यात्रु नरहेको सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।

* १ अक्टोबर, २००४ मा सीता एयरवेजको विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो । विमानस्थलको धावन मार्ग नै अवरुद्ध हुने गरी भएको यो दुर्घटनामा मानवीय क्षति भने भएन ।

* गोरखा एयरलाइन्सको विमान सन् जुन ३० तारिखका दिन लुक्ला विमानस्थलमा धावनमार्गमा धसिएर दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन र नौ जना यात्रु घाइते हुन पुगेका थिए ।

* यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा सन् २००८ अक्टोबर ८ मा आगलागी भएर दुर्घटना भएको थियो, दुर्घटनामा ८ जनाको ज्यान गएको थियो भने आठ जनाको सकुशल उद्धार गरिएको थियो ।

* अगस्त २४, २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनामा परेको थियो यो विमान दुर्घटनामा विमानमा यात्रारत १४ जनाको ज्यान गएको थियो ।

* तारा एयरको विमान सन् २०१० डिसेम्बर १६ तारिखमा दुर्घटनामा परेको थियो । लामिडाँडाबाट काठमाडौं आउँदै गरेको सो विमान ओखलढुङ्गाको श्रीचौर, मानेडाडाँमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा बाइस जना यात्रुको ज्यान गएको थियो ।

* सन् २०११ सेप्टेम्बर २५ का दिन ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा सवार सबै १९ जना यात्रुकै ज्यान गएको थियो ।

* सन् २०१२, सेप्टेम्बर २८ तारिखका दिन सीता एयरको विमान दुर्घटनामा परेको थियो । सो बिमान विमानस्थल नजिकै भक्तपुरको मनोहरामा दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको यो विमान मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु हुन पुगेको थियो । विमान दुर्घटना भएर आगलागी भएर सबै यात्रुको मृत्यु भएको थियो ।

* अग्नी एयरको विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर सन् २०१३, १४ मेमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्य सहित सबै १६ यात्रुको ज्यान गएको थियो ।

* सन् २०१४ फेब्रुअरी १६ तारिखमा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । अर्घाखाँची सदरमुकामबाट ३० किलोमिटरको दुरीमा रहेको खिदिममा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

* सन् २०१५ मार्च १५ तारिखमा २ सय २७ जना यात्रु र चालक दलका ११ जनासहित २ सय ३८ जना सवार टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।सो दुर्घटनामा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका थिए ।

* तारा एयरको विमान सन् २०१६, फेब्रुअरी २४ तारिखमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । पोखराबाट जोमसोमका लागि उडेको यो विमान म्याग्दीको जंगलमा खसेको थियो ।


क्लिकमान्डु