जहाज दुर्घटनामा परेका घाइतेको केएमसीमा यसरी भइरहेको छ उपचार (भिडियोसहित)



काठमाडौं । सोमबार दिउसो युएस बंगलाको जहाज दुर्घटना भएपछि घाइतेहरुलाई उपचारको लागि सिनामंगलको केएमसी टिचिङ हस्पिटल पुर्याएको थियो ।


केएमसी पुर्याएकामध्ये ८ जनाको मृत्यू भइसकेको डा. सन्तोष झाले जानकारी दिएका छन् । यस्तै करिब ८ जना जलेर गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको केएमसीमा उपचार भइरहेको छ ।

सो अस्पतालमा घाइतेको उपचारको लागि डाक्टरहरु रोडमा समेत खटिएका छन् । एकैपटक धेरै विरामी आउँदा उपचारमा कठिनाइ हुने भएकोले अस्पताल प्रशासनले विभिन्न युनिट बनाएर घाइतको शिघ्र उपचार गरिरहेको डा. झाको भनाइ छ ।


घाइतेहरुलाई सुरुमा इमरजेन्सीमा लगिने र त्यहाँबाट आइसीयु, सिसियु जस्ता आवश्यक युनिटमा लगेर उपचार गर्ने कार्य भइरहेको छ । घाइतेको उपचार भइरहेको केएमसीको अबस्था भिडियोमा जस्ताको जस्तै यस्तो छ ।


क्लिकमान्डु