प्रत्यक्षदर्शीको बयानः जब प्रचण्ड, बिनोद चौधरी र मैले आकाशबाटै जहाज दुर्घटना भएको देख्यौं…



माओवादी केन्द्रका अध्यक्ष, प्रचण्ड र चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी र म चन्द्रपुरमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं फर्किँदै थियौं ।

हामी काठमाडौंमा ल्याण्ड गर्न लाग्ने समयमा एयरपोर्टबाट हेलिकप्टरमा विमानस्थलमा ठूलो दुर्घटना भएको र त्यहाँ हाम्रो हेलिकप्टर अवतरण हुन नसक्ने जानकारी पायौं । हाम्रो हेलिकप्टर काठमाडौंको आकाशमाथि थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो धुवाँको मुस्लो उडिरहेको थियो । आकाशबाट हामीले निकै नै ठूलो दुर्घटना भएको अनुमान गरेका थियौं ।

त्यो समय माओवादी अध्यक्ष प्रचण्ड र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी दुर्घटनाको खबरबाट चिन्तित हुनुहुथ्यो ।

मधुसुदन पौडेल

हामी चढेको हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण नहुने जानकारी आयो । त्यसपछि लगनखेलमा रहेको सेनाको ब्यारेकमा अवतरण हुने भनियो । पछि भने विमानस्थल अतवरण गर्न सकिने जानकारी आयो ।

हाम्रो हेलिकप्टर ल्याण्ड हुँदा कालो धुवा बाक्लोसँग उडिरहेको थियो । विमानस्थलको हेलिकप्टर ल्याण्ड हुने स्थानमा हाम्रो हेलिकप्टर ल्याण्ड भयो ।

हामीलाई लिन आएका कर्मचारीले सुनाए अनुसार बिमान बङ्लाको जहाज विमानस्थलमा रहेका सबै जहाजलाई नै सोहर्नेगरी ल्याण्ड भएको थियो । त्यो बेला बुद्ध एयरको जहाज भने उडानको लागि तयारीमा थियो ।

अन्य अवस्थामा प्रचण्ड पनि विमानस्थलमा उत्रिएपछि आफ्नो गाडीमा बसेर निवासमा जाने गर्नुहुन्छ । यस्तै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीपनि त्यही गर्नुहुन्छ ।

डरलाग्दो गरी दुर्घटना भएका हुँदा प्रचण्डले १५ मिनेटजति दुर्घटनाको बारेमा जानकारी लिनुभयो भने विनोद चौधरीले पनि यसको जानकारी लिनुभयो ।

दुर्घटना निकै ठूलो भएको रहेछ । हामी दुखी हुँदै बाहिरियौं । चौधरी ग्रुपका महाप्रवन्धक पौडेलसँग गरिएको कुराकानी


पुष्प दुलाल