चैत ३ गते कर्पोरेट फुटसल प्रतियोगिता हुने



काठमाडौं । कर्पोरेट फुटसल प्रतियोगिता आगामी चैत ३ गते संचालन हुने भएको छ । एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ ।

कर्पोरेट फुटसललाई फोर्डले मुख्य–प्रायोजन गर्ने भएको छ ।

आईतवर गो अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्र आदन–प्रदान गरेका छन् । सम्झौतामा अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ ।

फोर्डले आयोजकलाई नगद २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अटो मोबाइल्स प्रालीका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी भाई–चारा बिस्तार गर्न महत्वपूर्ण भूमिका निभाउने धारण ब्यक्त गरे ।

आयोजक प्रोक्सीका ब्यवस्थापक गर्तौलाले कर्पोरेट सेक्टरबीचको प्रतिस्प्रर्धाले खेलाडीहरुले रोजगारको अवसर पाउने धारण ब्यक्त गरे । फोर्ड कर्पोरेट फुटसलमा बैंक, होटल, इन्सुरेन्स कम्पनी, हस्पिटल र रेमिटेन्स कम्पनीकाबीच प्रतिस्पर्धा आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु