सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा टेलिकमको मोबाइल सेवा विस्तार



काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ ।

कम्पनीले सेवा नपुगेका विभिन्न विकट ग्रामीण क्षेत्रमा सेवा उपलब्ध गराउन यस्तो गरेको हो । कम्पनीले ७४ फागुन २९ देखी विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले विकट क्षेत्र मनिसौरा , गुमथाङ , थागम , तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएर सेवा पुर्याएको हो । उक्त क्षेत्रमा टुजी र थ्री जी मोवाइल सेवा उपभोग गर्न सकिने भएको छ ।

बाह बिसे नगरपालिका वडा नं ६ को विकट मानिने मान्द्रामा टावर स्थापना गरेको हो । यो स्थान भोटेकोसी बन्जी जम्प गर्न स्थानबाट १५ किलोमीटरको दुरीमा रहेको छ ।

अब ४ हजार सेवाग्राही लाभान्वीत हुने साथै डाटा चलाउन समेत सक्ने टेलिकमले बताएको छ ।


क्लिकमान्डु