नेपाली चियाको प्रबर्द्धन गर्न तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने



काठमाडौं । डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेश्रो अन्तर्राष्टिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गर्ने महोत्सव आगामी चैत २३ गतेदेखि २५ गतेसम्म राजधानीको याक एण्ड यती होटेलमा संचालन हुनेछ ।

सो चिया महोत्सवको जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलन विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागि हुने जानकारी दिईयो । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्राण्डका रुपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ ।

महोत्सवमा नेपाली चियाको ट्रेडमार्क औपचारिक रुपमा सार्वजनिक गरिनेछ । विश्व बजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे पनि महोत्सवमा जानकारी दिइनेछ । महोत्सवमा चिया उत्पादनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिईयो ।

नेपाली चियाको विश्व बजारमा प्रबद्र्धन गर्न सगरमाथाको आधार शिविरमा नेपाली चियाको स्वाद लिने कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएको छ ।

हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको र अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ ।

नेपालमा बार्षिक रुपमा करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ, जसमध्ये ५५ लाख किलो चिया अर्थोडक्स रहेको छ । विशेष स्वाद रहेको अर्थोडक्स चिया मुलुकको पहाडी क्षेत्रमा उत्पादन हुन्छ भने सिटिसि चिया मुलुकको तराई भेगमा उत्पादन हुने गरेको जानकारी दिईयो ।


क्लिकमान्डु