अब व्यक्तिले सीधै संचय कोषमा पैसा जम्मा गर्न पाउने




काडमाडौं । अब स्वरोजगार र वैदेशिक रोजगारमा रहेकाले पनि कर्मचारी संचय कोषमा पैसा जम्मा गर्न पाउने भएका छन् ।

२०७३ साल असोज महिनामा कर्मचारी संचय कोष ऐन-२०१९ को नियामवली संसोधन गरिदा स्वरोजगारले पनि कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो ।

सोही व्यवस्था अनुसार संचय कोषले स्वरोजगारलाई पनि कोषमा रकम जम्मा गर्ने वातावरण बनाउनका लागिएको कोषका विभागीय प्रमुख अर्जुन कुमार गौतमले जानकारी दिए ।

‘स्वरोजगार शब्दले भेग अर्थ जनाउँछ, वैदेशिक रोजगार पनि स्वारेजगार भित्र पर्छन्,’ प्रमुख गौतमले बिहीबार कर्मचारी सञ्चय कोषमा आयोजित पत्रकार सम्मेलनमा भने ।

स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई कोषमा समेट्नका लागि नियमावली संशोधन गरिहेको छ । नियामली संशोधनका लागि कोषको बोडमा छलफल भइरहेको कोषका कार्यवहाक प्रशासक दिपक रौनियारले जानकारी दिए ।

हाल निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी, संस्थान कर्मचारी, निजी क्षेत्रका संगठित संस्थाका कर्मचारीहरु लगायतले कोषमा पैसा जम्मा गर्न पाउने व्यवस्था थियो ।

‘स्वरोजगार व्यक्तिहरुलाई कुन मोडलमा कोषमा समाहित गर्ने र कति पैसासम्मको सिलिङ तोक्ने लगायतको विषयमा छलफल भइरहेको छ,’ रौनियारले भने ।

सो नियमावली बोर्डबाट प्रारित भएपछि स्विकृतिका लागि अर्थमन्त्रालय पठाइने छ । अर्थमन्त्रालयबाट नियमावली स्विकृत भएसँग स्वरोजगारले कोषमा पैसा जम्मा गर्ने बाटो खुल्छ ।

कोषका मूख्य अधिकृत राजेन्द्र काफ्लेले कोषको बार्षिक उत्सब भदौ ३१ गतेभन्दा अघि नै स्वरोजगारले कोषमा पैसा जम्मा गर्ने वातावरण बनाउने गरी काम गरिरहेको बताए ।


क्लिकमान्डु