१० महिनामै १६ सय विदेशी कामदार रोजगारी खोज्दै नेपाल छिरे



काठमाडौं । नेपालबाट रोजगारको अवसर खोज्दै दैनिक २ हजारभन्दा बढी कामदार विदेसिने गरेका छन् । तर, नेपालमा रोजगारीको अवसर देख्दै विदेशबाट पनि कामदार आउने क्रम बढ्दो छ ।

२०७४ सालको १० महिनामै नेपाल काम गर्न भन्दै १६ सय २० विदेशी कामदार आइसकेका छन् । श्रम विभागका अनुसार पछिल्लो सयम नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ ।

विभागका अनुसार २०७४ सालको बैशाख महिनामा ६४ विदेशी नयाँ काममो खोजिमा आएका थिए भने माघ महिनामा ६१ कामदार आएका छन् । भारत बाहेकका तेस्रो मुलुकबाट नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या १० महिनामै १६ भन्दा बढी भएको विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा रोजगारीका लागि आउनेमा भारतीय कामदारको संख्या बढी छ । तर, भारतीय कामदारका लागि श्रम स्वीकृति लिनु पर्ने बाध्यकारी नियम छैन ।

यसैगरी १० महिनाकै अवधिमा नेपालको रोजगारी मनपराउँदे ७ सय ८९ ले श्रम स्वीकृति नविकरण गरेको छन् । विभागका अनुसार चालु आवको माघ मसानतसम्ममा मात्रै ९ सय ६७ जना विदेशी कामदार नेपाल आइसकेका छन् ।

नेपालमा रोजगारीका लागि आउनेमा भारतीय कामदारको संख्या बढी छ । तर, भारतीय कामदारका लागि श्रम स्वीकृति लिनु पर्ने बाध्यकारी नियम छैन ।

कतिपय भारतीय दक्ष कामदारले आफै श्रम स्वीकृति लिएर काम गर्ने गरेको भने छन् । कतिपय ठाउँमा विदेशी नागरिकले श्रम स्वीकृति नलिइ पनि काम गरेका पनि छन् । सरकारले अनुगमन गर्दै कारबाही गर्न सकेको छैन ।

विभागले जुनसुकै मुलुकका विविध क्षेत्रमा काम गर्न आउनेका लागि वार्षिक १० हजार रुपैयाँमा श्रम स्वीकृत दिने गरेको छ । देश र काममा आधारमा रकम तय नगरी समान व्यवहारमा श्रम स्वीकृति दिने नेपाल सरकारको निर्णय छ ।

विदेशबाट नेपाल आउने दक्ष कामदारमा पनि नेपाल सरकार तथा विभिन्न संस्थासँग सम्झौता गरेर आउने संख्या बढी छ । भूकम्पले क्षति गरेको क्षेत्रमा काम गर्ने इच्छा देखाएर आउनेको संख्या बढी रहेको छ ।

विदेशी कामदारको संख्या बढ्नुको प्रमुख कारण भूकम्पपछिको पूर्न्निर्माणले गतिलिनु हो । देश संघीयताका गइसक्न लागेको अवस्थाका विकास निर्माणले तीव्रता पाउँदा विदेशी दक्षकामदारको संख्याका वृद्धि हुँदै जाने विभागको भनाइ छ ।


क्लिकमान्डु