भैरहवामा यति एयरको विमान दुर्घटना




काठमाडौं । भैरहवाको गौतम बुद्ध विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको जहाज ल्याण्ड भएर पार्किक स्थलतर्फ जाँदै गर्दा विल लक हुँदा रनवेमै अड्किएको हो।

जेटस्ट्रिम ४१ सिरिजकोको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो ।

विमानमा रहेका २६ यात्रु र चालक दलका सदस्य भने सकुशल छन् ।

अहिले विमानस्थल बन्द गरिएको छ ।

रन वेमा गुडेको अबस्थामा विमान दुर्घटनामा परेको हो ।

जहाज रनवेमै अड्किएको छ भने जहाजमा आएका यात्रु भने गन्तव्यतर्फ गइसकेका छन् ।

यतिको जहाज धावनमार्गबाट नहटेसम्म गौतम वुद्ध विमानस्थलमा उडान अवतरण हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।


क्लिकमान्डु