एडिबीले नेपाल सरकारलाई भन्यो- काम गरेपछि मात्र पैसा आउँछ



काठमाडौं । एशियाली विकास बैंक(एडिबी)ले काम सकेपछि मात्र पैसाको माग गर्न नेपाल सरकारलाई सुझाव दिएको छ ।

एडिबी प्रमुख ऋणदाता रहेको गौतम बुद्ध क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा काम नभएपछि एडिबीले यस्तो धम्की दिएको हो ।

नेकपा एमालेका नेता झलनाथ खनालका छोराको रुचीको कारण गौतम बुद्ध एयरपोर्टको काममा विवाद बढेको छ ।

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध विमानस्थल मुख्य ऋणदाता रहेको एडिबीले काम बिना पैसा दिन नसक्ने चेतावनी दिएको थियो ।

केही दिन अगाडि मन्त्रालय र नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाउदै एडिबीले पत्र पठाउदै पैसा रोक्ने चेतावनी दिएको हो । एडीबीले स्थलगत प्रतिवेदन सन्तोष जनक प्रगति नभएको भन्दै पुरानो अडान काम राखेको छ ।

एडीबीले गत पुसदेखि विमानस्थल निर्माणमा रकम भुक्तानी रोकेको छ ।

एडीबीले काममा कुनै प्रगित विना रकम नदिने चेतावनी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जानकारी दिए ।

एडिबीले रकम नदीएपनि चिनियाँ निर्माण कम्पनि सँगको ठेक्का रद्द नगर्ने गौतमको भनाई छ ।

‘एडीबीले रकम नदिएपनि सरकारी लगानीमा विमानस्थल निर्माण हुन्छ काम  ठेक्का रद्द गर्दा लगानीको लागतको निर्माणको समयपनि बढ्ने गौतमको भनाई छ ।

विमानस्थलको निर्माण सम्पन्न गर्नु पर्ने समय पनि थप्ने प्राधिरणले तयारी गरेको छ ।

प्राधिकरणाले सन् सन् २०१९ लाई अपरेशन वर्ष बनाउने लक्ष्य लिएको छ ।

एडिबीले विमानस्थल निर्माणको लागि ८ अर्ब ५५ करोड ऋण सहयोग गरेको छ ।


क्लिकमान्डु