नेको इन्सुरेन्सलाई फोर्ड कर्पोरेट फुटसलको उपाधि



काठमाडौं । फोर्ड कर्पोरेट फुटसलको उपाधि नेको इन्सुरेन्सले जितेको छ । शनिबार बेलुका कृतिम प्रकाशमा भएको फाइनल खेलमा नेको इन्सुरेन्सले ग्लोबल आइएमई बैंकलाई टाईब्रेकमा ३–१ को गोल अन्तरले हराउदै उपाधि चुमेको हो ।

खेलमा ग्लोबल आइएमई बैंकका प्रजित कर्मचार्यले ३ मिनेट २५ सेकेन्टमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । ग्लोबल आइएमई बैंकको उत्साह सेकेन्डमै स्तब्ध बन्यो,जब नेको इन्सुरेन्सका क्षितिज सुवेदीले ३५ सेकेन्ट भित्रै गोल फर्कैदिए । खेल प्रारमभ भएको ४ मिनेट भित्र १–१ गोल गरेका दुवै टिमले अवसरहरु निकाले पनि गोलमा परिणत गर्न नसक्दा खेलको नतिजा टाईब्रेकरबाट निक्लिएको हो ।

प्रोक्सी इन्फोटेक सोलुसनको आयोजनामा संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि नेकोका बिनोद बिष्टले जिते । ग्लोबल आइएमईका मनिल रत्न शाही उत्कृष्ट गोल रक्षक चुनिदा नेपाल इन्भेस्टमेन्ट बैंकका आशिष गुरुङ उच्चतम गोल कर्ता भए ।

बिजेता खेलाडीलाई प्रमुख अतिथि फोर्ड गाडिका प्रबन्ध निर्देशक आकाश गोल्छा, कारोवार आर्थिक दैनिकका सम्पादन कुवेर चालिसे, ग्लोबल आईएमई बैकका बजार प्रमुख गणेश अवस्थी ,सुलेक्स सेन्टरका बजार प्रमुख रौनक लाल श्रेष्ठ, धन्यान्तरी फुटसलका अध्यक्ष मदन कोइराला लगाएतले पुरस्कृत गरेका थिए ।

फोर्ड गाडीको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको मिडिया पार्टनर कारोवार आर्थिक दैनिक रहेको थियो । प्रतियोेगितालाई सह प्रायोजकको रुपमाको रुपमा मेगा बैकले र आईएमई रेमिटले साथ दिएको थियो भने सिभम् प्लाजा होटलले हस्पिटालिटी पार्टनरको रुपमा सहयोग परर्याएको थिए । त्यस्तै मेडिकल सहयोगको रुपमा महाराजगंज स्थित मेरिडियन पोलिक्लिनिकले सहयोग गरेको थियो ।

प्रतियोगितमा १८ टिमको सहभागिता रहेको थियो ।


क्लिकमान्डु