तरलता समस्या अब दीर्घकालिन रुपमा नै समाधान हुन्छ : अर्थमन्त्री खतिवडा



अर्थमन्त्री डा युवराज खतिवडाले बैंकमा अहिले देखिएको तरलता समस्या दीर्घकालिन रुपमा नै समाधान गरिने बताएका छन् ।

यसको लागि सरकारले स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको उनले औल्लाए । यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिने उनले बताए ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा युवराज खतिवडासँंग मंगलबार सिंहदरवारमा भेटघाट गरी व्यापारव्यवसायका विविध समस्याबारे अवगत गराएको छ ।

भेटघाटमा चेम्वरका अध्यक्ष श्रेष्ठले हाल आयातित मालसामानहरु सन्दर्भ मूल्य अनुसार जाँंचपास गर्न लागेकोले उद्योगी व्यवसायीहरुलाई मर्कामा परेको अवगत गराए । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले वैंकको चर्काे व्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो औल्लाए । ६ देखि ७ प्रतिशतमा रहेको व्याजदर अहिले बढेर १३ देखि १४ प्रतिशतको उकालो लागेको भन्दै यसले व्यापारीलाई समस्यामा पारेको बताए ।

साथसाथै उहाँंले बजार अनुगमनको क्रममा व्यापारीको कुरै नसुनी पहिला थुन्ने गरेको भन्दै यसतर्फ सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो । पहिला सुन्ने अनि मात्रै अरु कारबाही हुनुपर्ने उनको भनाई छ ।

भेटघाटमा अर्थमन्त्री डा खतिवडाले व्यापारीले राखेका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडि वढ्नपर्ने खाँंचो औल्याए ।

उनंले मालसामान कारोबारमा विलविजकको आधारमा विक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आहवान गरे । यसले भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास अर्थमन्त्रीको छ ।

जुनसुकै समस्या समाधानका लागि इमान्दारिता अनि अनुशासन महत्वपूर्ण हुने उनले चर्चा गरे । साथै उनले बजार अनुगमनका क्रममा फरकफरक निकायहरुले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको भन्दै अव अख्तियारी प्राप्त निकायले मात्रै एकद्धार प्रणाली अन्तर्गत बजार अनुगमन हुने व्यवस्था मिलाउने जानकारी दिए ।

टोलीमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, दीपककुमार मलहोत्रा, ईच्छाराज तामाङ्गलगायतका चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी रहेका थिए ।


क्लिकमान्डु