ओम डेभलपमेन्ट बैंकले काठमाडौंका ३ स्थानमा शाखा खोल्यो




काठमाडौं । ओम डेभलपमेन्टले एकैदिन काठमाण्डौंमा ३ वटा नयां शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्धारा काठमाण्डौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रम बिच मंगलबार उद्धघाटन गरेका छन् ।

साथै, बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ ।

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको ५२ वटा शाखा कार्यालय र ११ एटीएम सेवा संचालन छन् ।

बैंकले निशुल्क सि–आश्वा सेवा र बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ । बैंकले ७५ हजार रुपैयाँदेखी ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।


क्लिकमान्डु