ऊर्जामन्त्री पुनको लक्ष्य: १० वर्षमा २० हजार मेगावाट विजुली उत्पादन



काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले झोलामा खोला बोकेर हिड्नेहरु विरुद्ध कठोर कदम चाल्ने बताएका छन् ।

उनले विजुलीमा मुलुक आत्मनिर्भर हुन लाइसेन्स ओगटेर बस्ने विरुद्ध कडा कदम चाल्ने बताउँदै परियोजना सम्पन्न गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न तयार भएको बताए ।

मंगलबार अपराह्न मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘झोलामा खोला बोकेर हिड्नेहरु विरुद्ध कठोर कदम चाल्छु । अधुरा परियोजना सम्पन्न गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न सकरात्मक छु । ’

पुराना अड्किएका कामहरु आफ्नो पहिलो प्राथमिकता भएको र सोही अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाए ।
मन्त्री पुनले आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत आवश्यक पर्ने र त्यसै अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

उनले अगामी बर्षदेखि भारतको भर नपरि आफ्नै उत्पादनले धान्ने गरी काम गर्ने पनि बताए । मन्त्री पुनले बिद्युत उत्पादन बढाई इन्धन आयात प्रतिस्थापन गर्ने रणनीति लिने बताए ।

‘आगमी १० बर्षमा नेपालमा ऊर्जाको माग १० हजार मेगावाट नै हुन्छ । त्यसैले हामी उर्जामा कम्तिमा आत्र्म्निर्भर हुनुपर्दछ । अधिकतम रुपमा हामीले १० बर्षमा २० हजार मेगावाट उत्पादन गर्ने भनेका छौं । ’ उनले भने, ‘आन्तरिक खपतबाट बचेको बिजुली छिमेकी देशहरुलाई बेच्न सकिन्छ ।’

मन्त्री पुनले दोहोरो अंकको आर्थिक बृद्धि र नेपालको समृद्धिका लागि महत्वपूर्ण टेवा दिने ऊर्जा र सिंचाईको क्षेत्रले भएकाले त्यो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको स्पस्ट पारे ।

मन्त्री पुनले स्थायी रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार साँझ सिँचाइ विभागमा अन्र्तक्रिया पछि सम्बोधन गर्दै उनले मुलुकमा संक्रमणकालिन अवस्थाको अन्त्य भएर स्थायी सरकार आएको बताउँदै यही सरकारले जनताको विकाश र समृद्धिको अपेक्षा पुरा गर्ने बताए ।

उनले भने,‘यो सरकार स्थायी भएकाले ३ देखि १ वर्षसम्म मन्त्री फेरिँदैन । त्यसकारण काम पनि स्थायी रुपमा गर्नुस् ।’
उनले अब सिँचाइ क्षेत्रमा रहेको पुरानो प्रविधिको अन्त्य गरि नयाँ नयाँ प्रविधि भित्राउनुपर्ने बताए ।

मन्त्री पुनले आफू सवैको अभिभावको रुपमा रहेर काम गर्ने र आवश्यक परेको खण्डमा ढुक्कसँग भन्न आग्रह गरे ।
मन्त्री पुनले दलालको स्वार्थभन्दा सेवाग्राहीको हितमा काम गर्न भन्दै काममा पारदर्शी र जिम्मेवार भएर परीणम निक्लने गरि काममा लाग्न पनि कर्मचारीलाई निर्देशन दिए ।


क्लिकमान्डु