फेसबुक एकाउन्ट बन्द गर्न वाट्सएपका संस्थापकको आग्रह



प्रयोगकर्ताको निजी तथ्यांकको चोरीको विषयले फेसबुक र यसका संस्थापक मार्क जुकरबर्ग माथि गम्भिर प्रश्न उठेको छ ।

यस्तोमा वाट्सएपका संस्थापक ब्रायन एक्सनले फेसबुक डिलिट गर्न आह्वान गरेका छन् । सन् २०१४ मा ब्रेनले आफ्नो कम्पनी वाट्सएपनै फेसबुकलाई १६ अर्ब अमेरिकी डलरमा बिक्री गरेका छन् ।

उनले माइक्रो ब्लगिङ साइट ट्ीइटरमा ह्यासटग बनाउदै ‘इट इज टाइम टाइम डिलिट फेसबुक’ भनेर ट्वीट गरेका छन् ।

फेसबुकको ५ करोड प्रयोगकर्ताको डाटा चोरिएको विषय अहिले बाहिर आएको छ । जसले गर्दा फेसबुकको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले घटिसकेको छ ।


क्लिकमान्डु