शहरमा फोहोर फाल्नेलाई कडा कारबाही गर्नेः मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शहरलाई सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्नका नयाँ नियम बनाउने बताएका छन् । मेयर शाक्यले जिपी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘काठमाडौं शहरमा जथाभावी फालिने फोहोरका कारण शहर कुरुप देखिएको छ, शहरमा जथाभावी फोहोर फालेर कुरुप बनाउन खोज्नेलाई कारबाही गर्नका लागि नयाँ नियम बनाउन लागिएको हो,’ मेयर शाक्यले भने ।

फोहोरमैला व्यवस्थपान ऐन २०६८ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा सडकमा फोहोर फाल्नेलाई ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । साथै, ३ महिनासम्मको कैद सजाय वा दुवै हुन सक्ने व्यवस्था छ ।


क्लिकमान्डु