एक महिनामा निक्षेप २८ अर्बले बढ्दा कर्जा १२ अर्बले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधीमा निक्षेपमा २८ अर्ब रुपैयाँ बृद्धि गर्न सफल भएका छन् ।

विगतमा आक्रामक कर्जा विस्तार गरेका बैंकहरु पैसा नभएपछि कर्जा विस्तारलाई भने रोकेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकसँग चैत २ गतेसम्ममा २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप छ । जसमा स्वदेशी मुद्रामा २१ खर्ब ५४ अर्ब तथा विदेशी मुद्रामा ८१ अर्ब रुपैयाँ छ ।

एक महिना अगाडि वाणिज्य बैंकसँग २२ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप थियो । जसमा स्वदेशी मुद्रामा २१ खर्ब ३० अर्ब तथा विदेशी मुद्रामा ७७ अर्ब रुपैयाँ निक्षेप थियो ।

वाणिज्य बैंकहरुले चैत २ गतेसम्ममा १९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । जसमा स्वदेशी मुद्रामा १९ खर्ब २४ अर्ब तथा विदेशी मुद्रामा ४० अर्ब रुपैयाँ छ ।

एक महिना अगाडि वाणिज्य बैंकले १९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा दिएका छन् । जसमा स्वदेशी मुद्रामा १९ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । विदेशी मुद्रामा ३६ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु