सांग्रिला बैंकको हकप्रद शेयरको बाँडफाँड



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न गरेको छ ।

बैंकको अधिकारिक विक्री प्रबन्धक प्रभु क्यापिटलले बैंकसंगको समन्वयमा उक्त हकप्रद शेयर बाँडफाँड गरेको बैंकले जनाएको छ ।

बैंकको मंसिर २५ सम्म कायम साविक शेयरधनीहरुका लागि कायम चुक्ता पूँजी १ अर्ब ३५ करोडको आधारमा १० कित्ता बराबर ८ को दरले १ करोड ८ लाख ६७ हजार कित्ता सेयर बिक्री गरेको थियो ।

पुस १७ देखि माघ २९ सम्म बिक्री खुल्ला गरिएकोमा ११ हजार ६३२ जना सेयरधनीले ९९ लाख ६५ हजार कित्ता सेयर भरेका थिए । जसको बाँडफाँड गरिएको बैंकका प्रमुख प्रमुख कार्यकारी अधिकृत राजेन्द्रपसाद पौडेलले जानकारी दिए ।

हकप्रद सेयर वितरण वितरण पश्चात् बाँकी रहन गएका हकप्रद साधारण शेयर लिलाम बिक्रीको लागि आवेदन माग गरिएको समेत बैंकले जनाएको छ ।


क्लिकमान्डु