भ्रममा नपर्नुहोस् बिएफएफ कमेन्ट गरेर फेसबुक आइडी सुरक्षित हुँदैन



फेसबुकमा अहिले एउटा कुरा ट्रोल बनिरहेको छ । फेसबुकमा तपाईको आइडी सुरक्षित गर्नको गर्नको लागि कमेन्टमा BFF लेख्ने र हरियो भयो भने तपाईको एकाउन्ट सुरक्षित भयो र कालो भयो भने असुरक्षित भयो ।

केहीले फेसबुकका सिइओ मार्क जुकरबर्गले आइडी चेक गर्नको लागि यो फिचर थपको बताएका छन् ।

यो सबै कुरा गलत हो ।

दुई दिन अगाडि सामाजिक संजाल फेसबुकको अमेरिकामा ५ करोड प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको समाचार सार्वजनिक भएको छ । जसको कारण फेसबुकको सेयर मुल्य ९ प्रतिशतले बढीले घटेको छ ।

अमेरिकामा यसको अनुसन्धान सुरु भएको छ । यसलाई लिएर सामाजिक संजालमा अफवहा फैलाउनेहरुले यो हल्ला चलाएका छन् । अहिलेसम्म अमेरिकामा मात्र ५ करोड फेसबुक प्रयोगकर्ताको सूचना बाहिरिएको र यसको प्रयोग सन् २०१६ को अमेरिकाको राष्ट्रपति निर्वाचनमा गरिएको कुरा बाहिर आएको छ ।

यसको विषयमा अब अनुसन्धानले थप पुष्टी गर्छ ।

तपाईले हल्लाको पछाडि लागेर द्यँँ लागेर कमेन्ट गर्नुहुन्छ भने तपाई उल्लु नै बनेको हो । तपाईले कमेन्ट गर्नासाथ तपाई हरियो नै देखिन्छ । किनभने तपाई कमेन्ट गर्दा फेसबुकमा अनलाइन भएको हुनुहुन्छ । यस्तो कुराको पछाडि लाग्नु आवश्यक छैन ।

मार्कले नयाँको कुरा घोषणा फेसबुकको आफ्नो पेज मार्फत नै विगतमा गर्ने गरेका छैनन् । यस्तो कुरा अहिलेसम्म गरेका छैनन् । त्यसैले भ्रममा नपर्नुहोस र यस्तो कमेन्ट नगर्नुहोस् ।


क्लिकमान्डु