रद्द भएका आवेदन स्वीकार गरिने, रसुवागढीको सेयर भर्नेलाई न्यूनतम ७० कित्ता दिने तयारी



काठमाडौं । रसुवागढी जलविद्युत् कम्पनीको सिमित आइपीओमा आवेदन दिने केही आवेदकको आवेदन रद्द भएका कारण शेयर बाँडफाँड प्रक्रिया लम्बिएको छ ।

कम्पनीकाअनुसार केही आवेदनमा डिम्याट खाता प्रस्ट नभएको, खाता नम्बर प्रस्ट नलेखिएको, नाम तथा ठेगाना समेत समेत स्पष्ट नदेखिएको पाइएकाले त्यस्ता आवेदन रद्द हुने देखिएको छ । तर कम्पनीले आवेदन दिएका सबैलाई शेयर दिने तयारी गरिएको छ ।

केही आवेदन रद्द भएकाले उनीहरूको विवरणसमेत समेटेर बाँडफाँड गर्ने तयारी गरिएकको कम्पनीले जानकारी दिएको छ ।

रसुवागढी जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म जारी गरेको सिमित आइपिओमा ६ गुणा बढी आवेदन परेको थियो । रद्द भएका आवेदकलाई मिलाएर दिने लक्ष्यका साथ केही ढिलाई भएको भएपनि अब केही दिन भित्रै बाँडफाँड गरिने आयोजनाले दिएको छ ।

केही शेयर आवेदन फर्ममा समस्या देखिएका कारण शेयर बाँडफाँडमा समस्या भएको हो । आयोजनाले शेयर बाँडफाँडको तयारी गरिरहदा कति कर्मचारीको डिम्याट नम्बर प्रस्ट नलेखेको, बैंक खाता नम्बर प्रष्ट नभएको तथा नाम तथा ठेगाना समेत स्पष्ट नभएको पाइएको आयोजनाले जानकारी दिएको छ ।

रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख माधव कोइरालाले केही दिन भित्रै शेयर बाँडफाँड गरिने बताए । उनले प्रष्ट रुपमा आवेदन नदिएकालाई समेत शेयर दिने तयारी अनुसार नै केही ढिलाई भएको बताए ।

आयोजनाले शेयर आवेदनकर्ता सबैलाई न्यूनतम ७० कित्ता शेयर दिने तयारी गरेको छ । रसुवागढी हाइड्रो पावर कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका सञ्चय कोषमा रकम जम्मा गर्ने सबै सञ्चयकर्ताले करिब ७० कित्ता सेयर पाउने निश्चित जस्तै रहेको बताइन्छ । मागभन्दा ६ गुणा बढी आवेदन परेकाले सबै सञ्चयकर्तालाई पुग्ने गरी बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए ।

कम्पनीले सञ्चयकर्ताका लागि छुट्ट्याइएको शेयर खरिद गर्न १ लाख ८८ हजार आवेदन परेको छ । सो आवेदनबाट आवेदनबाट ६ अर्ब ७० करोड रुपैयाँ रकम संकलन भएको छ ।


पुष्प दुलाल