साढे १० अंकले घट्दा नेप्से राताम्मे



काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक १०.६३ अंकले घटेको छ । नेप्से ०.८६ प्रतिशतले घट्दा १२२०.४४ अंकमा अडेको हो ।

नेप्सेका अनुसार बिहीबार १ सय ५८ कम्पनीका १० लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४४ करोड १६ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूह राता भएका छन् ।

बैंकिङ समूह ३.९६, होटल समूह ५९.४५, विकास बैंक समूह १०.७९, जलविद्युत समूह २५.२४, वित्तीय समूह ०.८, बीमा समूह १२०.७, उत्पादन मूलक समूह ३३.०६, अन्य समूह ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ अंकले घटेका छन् ।

नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८.१४ प्रतिशतले कमाएका छन् ।

प्रोगेसिभ फाइनान्स, नेपाल ग्रिन विकास बैंक, राष्ट्रिय बीमा कम्पनी र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ५ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।


क्लिकमान्डु