कमोडिटिज एक्सचेन्ज संचालनको अनुमति माग गर्दै सिएफएक्सको आवेदन



काठमाडौं । धितोपत्र बोर्डमा कमोडिटिज एक्सचेन्ज संचालन गर्नको लागि कमोडिटिज फ्युचर एक्सचेन्ज(सिफएक्स)ले आवेदन दिएको छ ।

धितोपत्र बोर्डमा एक्सचेन्ज संचालनको लागि आवेदन दिने सिफएक्स तेस्रो कम्पनी बनेको छ । विगतमा संचालित एक्सचेन्जहरुमा अनुमतिको लागि आवेदन दिनेमा सिफएक्स पहिलो भएको छ ।

बोर्डमा यसअघि दुई कम्पनीले आवेदन दिइसकेका छन् । सिफएक्सका प्रवन्ध निर्देशक सरोज साहले ६० चुक्ता पुँजी राखेर संचालनको अनुमति माग गर्दै आवेदन दिएको जानकारी दिए ।

‘कानूनले न्यूनतम ५० करोड चुक्ता पुँजी पुर्याउन भनेको छ’,उनले भने,‘हामीले ६० करोड रुपैयाँ पुँजी राखेर आवेदन दिएका छौ।’

उनले विभिन्न व्यवसायीहरुको सिफएक्समा लगानी भएको बताए ।

कमोडिटिज सम्बन्धि कानून पारित भएपछि विगतमा संचालन भएका सबै कम्पनी गैर कानूनी भएका छन् । कुन एक्सचेन्जलाई अनुमति दिने वा नदिने अधिकार बोर्डसँग रहेको छ ।


क्लिकमान्डु