चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी



काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

भ्रमणमा आएका पर्यटनमन्त्रीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममाउपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै मन्त्री अधिकारीले सडक संजाल र विमानस्थल जस्ता मुख्यमुख्यपर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए ।

सरकार आसन्न भ्रमण वर्ष २०२० मावार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष न्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ताभित्रमा चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गरेकोमा मन्त्रीलाई धन्यवाद व्यक्त गरे ।


क्लिकमान्डु