यामाहाको नयाँ वर्ष योजनाले झा परिवारमा खुसीयाली



काठमाडौं ।  जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए ।

ठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो ।

त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई ‘सप्र्राइज गिफ्ट’ दिन ।

‘भाइ घर पुग्नुअघि नै उसको लागि हामीले मोटरसाइकल किनेर ल्याउने हाम्रो योजना थियो,’ रतिशकुमारले भने, ‘अहिलेका युवाले रुचाउने यामाहाको एफजीएस एफआई भाइका लागि किन्न म यामाहा सोरुम आएको थिएँं ।

तर भाइलाई सप्र्राइज दिन आएको म आफैं सप्र्राइज भएँ ।’ यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सप्र्राइज्ड’ भएका थिए ।

पहिलो स्क्र्याच कोर्दा पाँच हजार परेको थियो उनलाई । ‘मैले त पाँच हजारमै चित्त बुझाइसकेको थिएँ,’ रतिशकुमारले भने । दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमसः एयरफिल्टर, कप र पफ्र्युम प¥यो ।

तर अन्तिम स्क्र्याच कोर्दा उनी खुसीले उफ्रिए । त्यसमा ‘५० प्रतिशत क्यास ब्याक’ लेखिएको थियो ।

‘केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपैयाँ पु¥याएर आएको थिएँ,’ उनले भने, ‘अन्तिम स्क्र्याच कोरेपछि त मैले आधा पैसा फिर्ता पाउने भएछु ।’

यामाहाका स्टाफहरु पनि उफ्रेर मलाई घेर्न आए, अनि बधाई दिए । ‘मलाई त सपना हो कि विपना हो भइरहेको थियो,’ उनले भने, ‘पैसै फिर्ता पाएपछि बल्ल विश्वास भयो र घर परिवार र बसबाट काठमाडौं फर्किरहेको भाइलाई खबर गरेँ । मेरो भाइ त डब्बल खुसी भयो ।  बाइक गिफ्ट, त्यो पनि आधा मूल्यमा !’

यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउँनेछन्  जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’पाउँनेछन् । ।

यो योजनामा मा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए ।

उनका अनुसार स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउँनेछन् । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।


क्लिकमान्डु