सिटिजन्सद्वारा बालविकास समाजलाई ढेड लाख रुपैयाँ प्रदान




काठमाडौं । सिटिजन्स बैंकले बालविकास समाजलाई १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकको ११औं बार्षिक उत्सवको उपलक्ष्यमा समाजलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले १ लाख ५० हजार रुपैयाँको चेक संस्थाको कोषाध्यक्षश्री सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।

समाजका अध्यक्ष सुवास गौतमले सो रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा जानकारी दिए ।

अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए ।

सभामा उपस्थित गरीब तथा जेहन्दार बिद्यार्थीका अभिभाबकलाई गरीब जन्मिनुमा मानबको गल्ति रहदैन तर गरिब भएर संसारबाट बिदा हुनुमा मानब स्वयम् जिम्मेवार रहने कुरा व्यक्त गरे ।


क्लिकमान्डु