सामसङको वासिङ्ग मेसिन बजारमा, मूल्य २ लाख ६९ हजार ९९९



काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विभिन्न सुविधाहरु भएको वासिङ्ग मेसिन भित्र्याएको छ । कम्पनीले आयोजना गरिरहेको सामसङ फोरम मार्फत् सो वासिङ्ग मेसिन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

वासिङ्ग मेसिनको मूल्य २ लाख ६९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

वासिङ्ग मेसिनमा फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरु रहेका छ ।

मेसिनले समय र विजुलीको बचत गर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु