बिओकेले १३.२५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । बैंक अफ काठमान्डूले १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक संचालक समितिको बैठकले गतवर्षको नाफाबाट १३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बोनस विरतणपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड हुन्छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजीको लागि यो ९३ करोड रुपैयाँले कमी हो ।


क्लिकमान्डु