सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेत बाट पनि सुरु



सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेत बाट पनि सुरु भएको छ ।

सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वल्र्डवाइड मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ ।

अल अन्सारी एक्स्चेन्जको  रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ ।

त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५ सयभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ ।

अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेस संग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिन हरु मा सिटी एक्सप्रेस संग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए ।


क्लिकमान्डु